हाम्रो बारे

विद्यालयको दूरदृष्टिलाई साक्षातकार वनाउन बाल केन्द्रित तथा प्रविधिमैत्री रचनात्मक सिकाइ मार्फत सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी जनशक्ति विकासमा उत्प्रेरित गर्न र लगनशील तथा उत्पादनमुलक जनशक्ति उत्पादन गर्न निम्नानुसारका उद्धेश्य तय गरिएको छ ।

     विद्यार्थीहरुको सिकाइ उपलब्धि स्तर उच्च बनाउनु,

     विद्यालय समुदाय सम्बन्ध सुदृढ गरी आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने वातावरणको सिर्जना गर्नु,

     विद्यालयलाई समुदाय विकास केन्द्रको रुपमा विकास गरी सामाजिक परिवर्तन वाहकको भूमिका निर्वाह गर्न सक्षम बनाउनु,

     विद्यालय समुदाय तथा सरोकारवाला निकायसँग सम्बन्ध सुमधुर बनाउनु,

     विद्यार्थीको सक्रिय उपस्थितिमा दीगो सिकाइमा जोड दिनु,

     नियमित शिक्षक स्टाफ बैठक बसी शिक्षण सिकाइ सम्बन्धी समस्या निराकरण गर्नु,

     विद्यालयको आर्थिक स्थिति सुदृढ गरी विद्यालयको स्तर वृद्धि गर्नु,

     भौतिक संरचनाहरुको मर्मत सम्भार तथा पुनः निर्माण गर्ने,

     विद्यार्थी शैक्षिक उपलब्धि स्तरमा एकरुपता ल्याई क्रमशः अभिवृद्धि गर्नु,