वि.सं.२०१८ साल बैशाख २० गतेका दिनदेखि साँख दहको सिलिङ बोटबाट शिक्षा प्रदान गर्ने संस्थाको रुपमा इतिहास कोर्न सुरु गरयो।“असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय।मृत्योर्माऽमृत गमय।″ अर्थात असत्यबाट सत्यतिर अन्धाकारबाट उज्यालो तिर र मृत्यबाट अमृतमय जीवनतिर मार्गनिर्देशन गर्ने तथा शिक्षाको थालनी गर्ने यस संस्थाका संस्थापक रणध्वज पाण्डे, लोक बहादुर बुढा, हिम बहादुर विष्ट, दीपध्वज पाण्डे, ओपेन्द्र शर्मा लगाएत त्यति बेलाका अन्य शिक्षा प्रेमीले शिक्षामा लगानी कर्ता ज्ञात-अज्ञात महान व्यक्तित्वहरुलाई मृत्यु पर्यन्त पनि आफ्नो छविलाई समाजमा उच्च राख्न सफल हुनु भएको उहाँहरुको यो अतुलनिय र अनुकरणीय कार्यको सह्राना गर्दै विद्यालयको सर्वाङगिण विकासमा सहयोग गर्नु गराउनु हामी सवैको उत्तरदायित्व हुन्छ । नेपालको संघीय संरचना अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिम भागको मुसिकोट नगरपालिका वडा नं ७ साँखमा अवस्थित यस श्री जनजागृति माध्यिमक विद्यालय साँख छ दसकको इतिहास पार गर्दै हाल बाल कक्षा देखि ११ कक्षा सम्मको शैक्षिक यात्रामा आफ्नो अस्तित्व कायम गर्न सफल भएको छ।
Read More